भीम रावलप्रति प्रधानमन्त्री देउवाको आक्रोश- मन्त्री हुँदा एमसिसी अघि बढाउने, अहिले विरोध गर्न लाज छैन? (भिडिओ)

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

4 views

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी परियोजनाको विरोध गरेकोमा प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावलप्रति आक्रोश व्यक्त गरेका छन्। रावलले दुई जिभ्रे कुरा गरेको प्रधानमन्त्री देउवाको आरोप छ। रावलले मन्त्री हुँदा एमसिसीको विरोध नगरेको तर अहिले विरोध गरेको भन्दै देउवा आक्रोशित भएका थिए।

आज नुवाकोटको किस्पाङ गाउँपालिकाको भवन उद्घाटन कार्यक्रममा बोलेका प्रधानमन्त्री देउवाले ओली सरकारले संसदमा पेश गरेको एमसिसी प्रस्ताव आफूहरूले पारित गरेको बताए।

‘आफू क्याबिनेटमा हुँदा पास गरेर संसदमा ल्याउने। मैले ओलीजीले ल्याएको प्रस्ताव पास गर्न खोज्दा किन टाउको दुखाउने?,’ प्रधानमन्त्री देउवाले भने, ‘अरूलाई टाउको दुखेको छैन, भीम रावललाई टाउको दुख्यो। उहाँ त्यसबेला मन्त्री हुनुहुन्थ्यो। उसबेला दिमाग खुस्किएको थियो? थाहा छैन भन्ने ठान्नुहुन्छ यहाँ?’ ओली सरकारमा रावल रक्षामन्त्री हुँदा त्यो मन्त्रिपरिषदले एमसिसी पारित गरी संसदमा प्रस्ताव ल्याएको देउवाको भनाइ थियो। ‘त्यसबेला किन विरोध गर्नुभएन? राजीनामा किन दिनु भएन,’ रावललाई प्रश्न गर्दै देउवाले भने, ‘अहिले आएर बोल्न लाज छैन? भीम रावल के हेरेर बसे त्यसबेला अहिले विरोध गर्दैछन्।’

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.