कांग्रेसका केही मान्छेले गठबन्धन हुन्न भनेका छन्, पार्टीले होइन: प्रचण्ड

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

4 views

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनावमा गठबन्धन हुँदैन भनेर नेपाली कांग्रेसले कहिल्यै नभनेको बताएका छन्। तर कांग्रेसका केही मान्छेले गठबन्धन हुन्न भनेको उनको भनाइ थियो।

आज चिनवनमा प्रचण्डले पत्रकारहरूसँग कुराकानी गर्दै सत्तागठबन्धन स्थानीय निर्वाचनमा मिलेर जाने बताए। ‘नेपाली कांग्रेसले हामीसँग गठबन्धन नगर्ने भनेकै छैन। त्यहाँका केही मान्छेले मात्रै भनेका हुन्,’ प्रचण्डले भने। अघिल्लो स्थानीय तहको निर्वाचनमा चितवनको भरतपुर महानगरमा प्रचण्ड पुत्री रेनु दाहाललाई कांग्रेसले सहयोग गरेको थियो।

यस पटक पनि भरतपुरको मेयरमा दाहाललाई नै दोहोर्‍याउने माओवादीको चाहना छ।कांग्रेसका नेताहरुले भने चितवनमा यसपटकको स्थानीय तहको निर्वाचनमा अन्य पार्टीलाई भोट हाल्न पर्दैन भनेर कार्यकर्तालाई आश्वस्त पार्दै आएका छन्।

प्रचण्ड आज माडीका विभिन्न ठाउँका कार्यक्रममा सहभागी हुनेछन्। उनी शुक्रबार काठमाडौं फर्कने छन्।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.