मनकामना केबलकार एक दिन बन्द हुने   

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

6 views

११ चैत, मुग्लिन । नेपालको पहिलो केबलकार मनकमना केबलकार एक दिन बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि यही चैत १४ गते सोमबार एक दिनका लागि बन्द गरिने भएको हो ।

मर्मतसम्भारपछि चैत १५ गते मङ्गलबारदेखि पुनः नियमित सञ्चालनमा आउने नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उनका अनुसार सो अवधिभर चितवनको इच्छाकामना गाउँपालिका–४ चेरेशस्थित बटम स्टेशनमा रहेको रेष्टुरेन्ट सेवा भने यथावत रहने छ । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जान सहजताका लागि मनकामना दर्शन प्रालिद्वारा २४ वर्षअघिदेखि सञ्चालित मनकामना केबलकार स्तरोन्नतिको तयारीमा रहेको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.