काभ्रेमा बस र मोटरसाइकल ठोक्किंदा २ जना गम्भीर घाइते

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

7 views

११ चैत, काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपा नगरपालिका–७ उग्रचण्डीमा आज बिहान बस र मोटरसाइकल ठोक्किंदा २ जना गम्भीर घाइते भएका छन् ।

बनेपाबाट धुलिखेल तर्फ जाँदै गरेको बा २ ख ५२९४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ८१ प ४२१४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा मोटरसाइकल चालक रामेछाप नगरपालिका–२ देउरालीका २८ वर्षीय सुनिल कुमार खड्का र पछाडि सवार सोही ठाउँका २७ वर्षीय सन्तोष खड्का घाइते भएका छन् । घाइते दुबैको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

बस चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.