नेपाल बुद्विजिवी संगठन बागमती प्रदेश सम्मेलन काठमान्डौमा सम्पन्न

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

2 views

१३ चैत, काठमाडौं । स्थानीय चुवाव नजिकिदै गर्दा ने.क.पा. माओवादी केन्द्र समर्थक बुद्धिजीवीहरुको प्रदेश स्तरीय सम्मेलन चैत्र १२ गते काठमाडौमा सम्पन्न भएको छ ।

ने.क.पा. माओवादी केन्द्रका प्रभावशाली केन्द्रिय नेता तथा फ्याक्सन इन्चार्ज पूर्व मन्त्री दिनानाथ शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमा बागमती प्रदेशका बुद्धिजीवीहरुको सहभागीता थियो । बुद्धिजीवीहरुको संगठनलाई पार्टीको ब्रेन मान्ने गरिन्छ । बागमती प्रदेशका १३ जिल्लाका ७३ गा.पा., ४१ न.पा. १ उ.न.पा., ३ म.न.पा. गरी र ११८ वटै पालिकाबाट आएका २५० भन्दा बढी बुद्धिजीवी प्रतिनिधिहरुको सम्मेलनबाट कृष्ण कोपिलाको नेतृत्वमा ७५ जना प्रतिनिधिहरुको चयन गरेको छ । ने.क.पा. पार्टी एकीकरण पश्चात कार्यदिशा र पदाधिकारीहरुको चयन र भूमिकाका बारेमा अल्मलिएको यो संगठन एक वर्ष अघि पार्टी छुट्टिए पछि झनै शसक्त रुपमा देखिएको छ ।


स्थानीय चुवावलाई सशक्त बनाउँदै २०६४ को निर्वाचनको रणनीति अनुसार नै यो चुनावलाई आफ्नो पक्षमा पार्ने प्रण बक्ताहरुले गरेका थिए । बागमती प्रदेश राजधानी प्रदेश पनि भएकाले यो बुद्धिजीवीहरुको पनि राजधानी हो र यसको विशेष भूमिका हुने भएकाले आउँदो निर्वाचनलाई लक्षित गरीे बुद्धिजीवीहरुले बढी नै मेहनत गर्नुपर्ने बारेमा चर्चा गरेका थिए । सम्मेलनले आसन्न स्थानीय चुनावलाई बहुत्तम उपयोग गर्दै आउँदो वर्षहरुमा यस पार्टीलाई जनताको दुःखसुखको पार्टी बनाउने उत्कट भावना पनि ब्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि दिनानाथ शर्माले प्रसंगवश गौतम बुद्धलाई सम्झदै हामीले चिनियाँ कम्युनिष्ट पार्टीको अनुशरण गर्नुपर्ने कुराप्रति सबैको ध्यान आकृष्ट गरेका थिए । हाम्रै पार्टीको नेतृत्वमा गणतन्त्र स्थापना भएको, संविधान जारी भएको,समावेशी, समानुपातिक प्रणालीको सुरुवात गरेको, पछाडि परेका वर्ग, महिला, मधेसी, मुस्लिम, जनजाति, दलित र अल्पसंख्यकहरुलाई विशेष स्थान दिएर राज्यको मूलधारमा ल्याएको हुनाले हाम्रा एजेण्डा बोकेर जनताका घर घर गएमा जनताले फेरि हामीलाई माया गर्नेछन् र हामी देशकै पहिलो पार्टी हुनेछौँ भनी बुद्धिजीवीहरुमा विश्वास जगाए । जनताले हामीबाट धेरै अपेक्षा गरेका र हामीले त्यो पूरा गर्न नसकेका कारण पनि हामी आज यो अवस्थामा आइपुगेका हौँ, त्यसैले मानवीय गल्ति कमजोरीहरुलाई सच्याउने प्रण सहित हामी जनताकोमा जानुपर्ने र जनप्रतिनिधिहरुले शहिदको सपना पूरा गर्न सामाजिक हितलाई प्राथमिकता दिएर अघि बढ्नु पर्ने कुरा सम्बोधन गरेका थिए ।


सम्मेलनले अध्यक्ष पदमा कृष्ण कोपिला, उपाध्यक्ष बसुराम रिजाल, इन्दिरा चौलागाई, प्रा.डा. प्रेमसागर भण्डारी, सचिव भरत कुमार गौतम, सहसचिव सरोज देवकोटा, अर्जुन महर्जन, चन्द्रराज अधिकारी, धनकुमारी पाण्डे (अधिकारी) लगायतका नौ जना पदाधिकारी र अन्य सदस्यहरुमा देवी बहादुर बुढाथोकी, राजन बास्तोला, डा. रामहरी श्रेष्ठ, ईश्वर चन्द्र पौडेल, जानकी न्याछ्यौ, कृष्ण बहादुर सापकोटा, राम प्रसाद सापकोटा, काजी बहादुर लामा, लक्ष्मीनारायण नेपाल, गणेश थापामगर, एल.बी, घिसिङ्ग,हरिप्रसाद देवकोटा, रामशरण पौडेल, दुर्गा तामाङ्ग, अञ्जना बासुकला, सुमिना डंगोल, उद्धवप्रसाद उद्वव प्रसाद पौडेल, तीर्थ पन्त, केशव कोइराला, राजेन्द्र प्रसाद उप्रेती, तिलक पाण्डे, खुशीलाल मोक्तान, गायत्री रुपाखेती, तीर्थ बहादुर घिसिङ्ग, गोकर्ण सापकोटा, केदार बराल, गंगा भट्टराई, गोकुलप्रसाद भट्ट, बुद्धिनाथ ढुंगाना, ईश्वर बिलास अधिकारी, खेचर खत्री,आयुष्मा के.सी, शंकर भण्डारी, श्रीकान्त पाठक, चन्द्र बहादुर गोपाली, स्मीता भट्ट, शोभा अर्याल, मनप्रसाद घिमिरे, मोतीलाल नेपाली, मोदनाथ दंगाल, चिनीमाया बल, खेम सुनुवार, दामुप्रसाद ढुंगेल, सासाङ लामा, पुरी, सुवास बि.क., केशव रिमाल, विष्णु बोहोरा, मञ्जू तामाङ्ग, टंक प्रसाद भण्डारी, माधव प्रसाद दहाल, नारायण बुढाथोकी, रत्न कुमार घिसिंग, टिकादत्त सिवा, मोहनकृष्ण श्रेष्ठ, सुलोचना बज्राचार्य, रीता शेर्पा, सृजना थापा,कृष्ण बहादुर राई, रचना पंडित, हरिबहादुर थापा, कृष्णमणि घिमिरे, डा. विष्णु खनाल, मिरा महर्जन लगायतका लाई चयन गरेको छ ।


सम्मेलन आयोजक समितिका संयोजक भरत शर्माकोे अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमका शर्माले राजनैतिक तथा सांगठनिक प्रतिवेदन समेत पेश गर्नुभएकोमा सहभागी बुद्धिजीवीहरुले आआफ्नो धारणासमेत व्यक्त गरेका थिए । प्रा.डा. अमन श्रेष्ठ, कृष्णराज के.सी.,रुपा महर्जन, निलकण्ठ तिवारी, भिमसेन गौतम, कल्पना शर्मा, टेक बहादुर थापा,उपेन्द्र पौडेल, मित्र शर्मा, गुणराज गौतमलगायत पार्टीमा स्थापनाकालदेखि नै योगदान गरेका नेताहरुले सम्बोधन गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव भरत गौतमले गरेका थिए ।

लेकाली न्युज सम्वाददाता

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.