इटहरीमा बम पड्कियो २ युवा घाइते

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

8 views

इटहरीको एक घरमा बिष्फोटक पदार्थ पड्किँदा दुई जना युवा घाइते भएका छन्।

इटहरी उपमहानगरपालिका २ स्थित नवजागृति टोलमा रविन थापा बस्दै आएको कोठामा सोमबार बेलुकी पौने ११ बजेतिर सुतली बम पड्केको थियो। बिष्फोटमा उनीसहित दुई युवा घाइते छन्। लम्जुङ घर भएका २३ वर्षीय शेरजङ गुरूङ र २२ वर्षका थापा दुई सातादेखि संगै बस्दै आएका थिए । घाइते थापाको आँखामा चोट छ। कोठाभित्र झोलामा रहेको सुतली बम बिष्फोट भएको प्रहरीको अनुमान छ। घाइते थापाको आँखामा चोट छ।

थापाको विराटनगरस्थित आँखा अस्पतालमा उपचार भइरहेको छ भने गुरूङको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए। उनीहरूको अवस्था सामान्य छ। बम बिष्फोट भएको थापाको डेराबाट प्रहरीले हिमाल सुरक्षा परिषदको पर्चा बरामद गरेको छ। गत फागुनदेखि यो परिषदले सशस्त्र संघर्ष थालेको बताएको थियो। संघीयता खारेजीलगायत माग राखेर यो परिषदले सशस्त्र संघर्ष सुरू गरेको बताएको थियो।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.