सहकारी संघहरुको बागमती प्रदेशस्तरीय गोष्ठी सम्पन्न

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

6 views

चैत्र २६, काठमाण्डौ चैत २५ बागमती प्रदेशका सहकारी संघहरुको सहभागितामा प्रदेशस्तरीय सहकारी गोष्ठी काठमाडौमा सम्पन्न भएको छ ।

प्रदेशका १३ वटा जिल्लाहरुका जिल्ला संघ र विषयगत संघका प्रतिनिधिहरु सहभागी भएको उक्त गोष्ठीमा ४ वटा कार्यपत्रहरु प्रस्तुत गरिएको थियो ।बागमती प्रदेशका भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका माननीय मन्त्री बलराम पौडेलको अध्यक्षतामा सम्पन्न भएको गोष्ठीमा उक्त मन्त्रालयका सचिव बलराम निरौला, रजिष्टार नारायण ज्ञवाली लगायतका मन्त्रालयका जिम्म्ेवार व्यक्तित्वहरुको सक्रिय सहभागिता रहेको थियो । माननीय मन्त्री बलराम पौडेल कार्यक्रमको सुरुवातदेखि अन्त्यसम्म नै कार्यक्रमका सक्रिय सहभागीभएर कार्यपत्र र छलफलमा समेत सहभागी हुनुले उपस्थित सबैमा हौसला जगाएको थियो । कार्यक्रममा बोल्दै मन्त्री पौडेलले सहकारीका समस्याहरुका बारेमा बुझ्न र त्यसै अनुरुप नीति निर्माण लगायतका कार्य गर्नको लागि आफू गोष्ठीको सुरुदेखि अन्त्यसम्म नै सहभागी भएकोले हालका विद्यमान समस्याहरुलाई क्रमशःसमाधान गर्दै सहकारीहरुलाई उत्पादनमुलक बनाउन आफूले आगामी वजेटमा पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो ।


मन्त्रालयका सचिव बलराम निरौलाले “बागमती प्रदेशमा सहकारी अनुगमन अबको बाटो” शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै सहकारी क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्नका लागि आगामी बजेटलाई लक्षित गरी गोष्ठी आयोजना गरिएकाले आगामी दिनमा नीति निर्माण तहमा पनि यो गोष्ठी फलदायी हुने बिचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण घिमिरे, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव साकोटा र प्रदेशका कृषि सहकारी संघका अध्यक्ष डिल्ली पाठकले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।


सहकारीका जिल्ला संघ र केन्द्रीय संघहरु प्रचलनमा रहेकामा २०७२को संविधानले नेपाल संघीयताको मोडलमा गए पश्चात प्रदेश स्तरीय सहकारी संघको अवधारण आएको हो । प्रदेशमा दर्ता भएको पहिलो सहकारीसंघको रुपमा २०७५मा बागमती प्रदेश सहकारी संघ लिमिटेड दर्ता भएको थियो । हालसम्म २५५ वटा संघसंस्थाहरु मात्र प्रदेशमा दर्ता भएको रेकर्डमा देखिएको छ । सहकारीमा प्रारम्भिक संस्था, जिल्ला संघ, प्रदेश संघ र केन्द्रिय संघ गरी ४ तहका रहने व्यवस्था गरिएको छ । सबै संस्थाहरु जिल्ला संघमा आवद्ध नरहेकाले बचत ऋण बाहेक अन्य विषयगत र जिल्ला संघहरुलाई समेत आफ्नो अस्थित्व धान्नका लागि कठीन भएको कुराहरु सहभागीले उठाएका थिए । काठमाडौँको रोयल दरबारमा सम्पन्न भएको उक्त कार्यक्रममा ५० भन्दा बढी संघसंस्थाका प्रतिनिधित्व रहेको थियो । मन्त्रालयका शाखा अधिकृत खगेन्द्र पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

लेकालिन्युज सम्वाददाता

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.