काभ्रेको बनेपामा बिष्फोटक पदार्थ बिस्फोट-एक जना घाइते ।


काभ्रेको बनेपामा नगरपालिका वडा नम्बर २ मा जंगलमा भेटिएको बस्तु घरमा ल्याएर आगोमा हाल्दा बिष्फोटक पदार्थ पड्केर त्यहि बस्ने मोहन विक घाइते भएका छन्।

जंगलमा भेटिएको उक्त बस्तु घरमा ल्याई मोहन विकले आगोमा हालेका थिए । पछी उक्त बस्तु अकस्माथ पड्केर स्थानीय मोहन विक घाइते भएका थिए ।
बिस्फोटक पदार्थ पड्केर अनुहार र हातमा चोट लागेका मोहन बिक नेपाली सेनाले तालिमका क्रममा बिस्फोट नभई नभेटिएर छाडेका विस्फोटक पदार्थ टिपेर घरमा ल्याएर आगोमा हाल्दा पड्केको अनुमान प्रहरीको छ। घटनास्थलमा प्रहरी पुगेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी काभ्रेले जनाएको छ। उनलाई उपचारका लागि अस्पताल लगिएको छ।

चैत्र २७, २०७८ मा प्रकाशित

146 views

प्रतिक्रिया

मुख्य समाचार