आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट    

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

3 views

सुनसरी, १६ भदौ- ईटहरी उपमहानगरपालिका-५ बस्ने रेसब कार्कीको पाथिभारा टेडर्स एन्ड सप्लायर्समा रड वल्डिङ गर्ने क्रममा बिद्युत सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा सिमेन्ट, वाईरिङको तार, प्लाष्टिकको डोरी जलेर करिब १२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै उक्त आगो फैलिएर सोही सप्लायर्स नजिक रहेको मेगराज पौडेलको जय पाथिभारा काठ उद्योग मिलमा समेत आगलागी हुँदा काठ काट्ने मेसिन, धार लगाउने मेसिन र काठ समेत जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

          प्रहरीले ईटहरी उपमहानगरपालिका र दुहवी नगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.