
दाङ,१२ भदौ-गढवा गाउँपालिका-७ स्थित ज्योती सामुदायिक वनबाट १ थान एकनाले भरुवा बन्दुक, करिब १ सय ग्राम बारुद, ४ थान केप, १९ वटा फलामको गोली र १ सय २६ वटा फलामको छर्रा सहित राजपुर गाउँपालिका-१ बस्ने ४२ वर्षीय राम बहादुर चौधरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Leave a Reply