अवैध रूपमा ल्याएको सुन जस्तो अर्धठोस बस्तु सहित पक्राउ

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

7 views

काठमाडौं, १३ भदौ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा भन्सार छली ल्याएको सुन जस्तो देखिने करिब ५ सय ५० ग्राम अर्धठोस बस्तु सहित सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-६ कपन बस्ने ४४ वर्षीया पासाङ डोल्मा लामालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

हिमालय एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएकी उनको गतिविधि शंकास्पद देखिएपछि उक्त गेटमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा भिस्त्री वस्त्रभित्र फल्स बटम बनाई लुकाई ल्याएको उक्त बस्तु फेला पारी पक्राउ गरेको हो ।

          उनलाई आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्ष

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.