कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

4 views

सुर्खेत, १५ भदौ  - वीरेन्द्रनगर नगरपालिका-१० पटानटोल बस्ने २० वर्षीय रोशन जिसीको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २२ वर्षीय ओम प्रकाश सुनार लगायत ५ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

          सुनार समेतका व्यक्तिहरुले कुटपिट गर्दा घाइते भएका रोशनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

          यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्ष

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.