अवैध लागूऔषध गाँजा सहित पक्राउ

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

12 views

काठमाडौं, २७ भदौ - चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट अवैध लागूऔषध गाँजा करिब १ किलोग्राम सहित धादिङ गल्‍छी गाउँपालिका-१ बस्ने १९ वर्षीय बिनोद मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

          धादिङदेखी काठमाडौंतर्फ आउँदै गरेको बा.५ ख १२४२ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.