बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ  

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

5 views

काठमाडौं, २७ भदौ-बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी धादिङ धुनिवेशी नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने २८ वर्षीय राजिव कँडेललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटन ललितपुरको विभिन्न मितिको फैसलाले ४ दिन कैद र नगद ५ लाख ६० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बाफलबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.