एकै परिवारका तीन जनाको हत्या गरेको अभियोगमा पक्राउ

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

6 views

काठमाण्डौ, १९ भदौ

उदयपुर, १८ बेलका नगरपालिका-७ गोवाटार बस्ने एकै परिवारका ३७ वर्षीय राज कुमार बस्नेत, उनकै श्रीमती ३३ वर्षीया सरिता बस्नेत र छोरा १२ वर्षीय सुजन बस्नेतको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४० वर्षीय नर बहादुर बस्नेतलाई  शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

          सोही ठाउँस्थित दिलुटार वादिम खोलामा नर बहादुरले खुकुरी प्रहार गर्दा तीनै जनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुर, ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

          यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.