सवारी दुर्घटनामा तीन जनाको मृत्यु  


काठमाडौं, २१ भदौ - सल्यान, शारदा नगरपालिका-१ श्रीनगरमा लु.१ ख ५२५९ नम्बरको ट्रकमा च्यापिएर ट्रकका साहु सोही नगरपालिका-१ श्रीनगर बस्ने केशर बहादुर भण्डारीको ३ वर्षीय छोरा कृतिक भण्डारीको सोमबार दिउँसो मृत्यु भएको छ । ट्रक अगाडि बढाउने क्रममा ट्रकमा च्यापिएर गम्भीर घाइते भएका उनको परोपकार अस्पताल श्रीनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

          स्याङ्जा, हरिनास गाउँपालिका-३ राहालेस्थित सडकमा ग.११ प १५११ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक पर्सा बहादुरमाई नगरपालिका-६ घर भएका ३६ वर्षीय जयप्रकाश साहको घटनास्थलमै मृत्यु भएको छ ।

          सर्लाही, हरिपुर नगरपालिका-३ फरहदवास्थित सडकमा बीआर ३० एई ०४१२ नम्बरको मोटरसाइकलको
ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब २५ वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भदौ २१, २०७९ मा प्रकाशित

169 views

प्रतिक्रिया

मुख्य समाचार