नदीमा डुबेर मृत्यु

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

6 views

काठमाडौं, १९ भदौ - कपिलवस्तु, महाराजगंज नगरपालिका-८ वाणगंगा नदीमा डुबेर सोही नगरपालिका कजरहवा बस्ने रमेश बर्माको ९ वर्षीय छोरा मोहित बर्माको शनिबार दिउँसो मृत्यु भएको छ । उक्त नदीमा नुहाउने क्रममा डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

          कैलाली, टिकापुर नगरपालिका-२ जनशक्ति सामुदायिक वनस्थित मुलपानी तलाउमा डुबेर जानकी गाउँपालिका-८ पहाडीपुर बस्ने २० वर्षीय पुष्प राज उपाध्यायको शनिबार दिउँसो मृत्यु भएको छ । उक्त तलाउमा नुहाउने क्रममा डुबेर अशक्त भएका उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

          महोत्तरी, गौशाला नगरपालिका-४ रजखोर बस्ने संजित आलेको ७ वर्षीय छोरा अमर आलेको सोही ठाउँस्थित ईटा भट्टाको पानी जमेको खाल्डोमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । खेल्ने क्रममा उक्त खाल्डोमा डुबेर अशक्त भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा उपचारको क्रममा मृत्यु भएको हो ।

          नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका-७ जिमिरेभार बस्ने सिताराम चौधरीको ७ वर्षीय छोरा निखिल चौधरीको सोही नगरपालिका-१४ खजुरे खोलामा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । उक्त खोलामा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो ।      

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.