जबरजस्ती करणी गरेको अभियोगमा  तिर्थराज पक्राउ 


काठमाण्डौ, २० भदौ- १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ पथरी शनिश्चरे नगरपालिका-५ बस्ने २६ वर्षीय  तिर्थराज गेलाललाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

गेलालले ती किशोरीलाई गत बुधबार ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई सुनसरी ईटहरी उपमहानगरपालिका-६ बाट पक्राउ गरेको हो ।

          यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

भदौ २०, २०७९ मा प्रकाशित

151 views

प्रतिक्रिया

मुख्य समाचार