करेन्ट लागेर ४ जनाको मृत्यु

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

3 views

काठमाडौं, २२ भदौ - कपिलवस्तु, कृष्णनगर नगरपालिका-९ माडा बस्ने अदबुल कैयुम मुसलमानकी १३ महिने छोरी फराहनाज खातुनको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । घरभित्र खेल्ने क्रममा पंखामा छोई करेन्ट लागी गम्भीर घाइते भएकी उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

          कैलाली, गोदावरी नगरपालिका-२ बनखेत बस्ने ६५ वर्षीया किजी देवीको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरमा पानी तान्ने मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

          सप्तरी, रौतहट ईशनाथ नगरपालिका-९ लक्ष्मीनिया घर भई हाल सप्तरी बोदेबर्साईन नगरपालिका-५ बस्ने ३५ वर्षीय सिकिन्दर महतोको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । आफ्नै पसलमा विद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

          सर्लाही, मलंगवा नगरपालिका-१२ कर्मैया बजार टोल बस्ने ३२ वर्षीय प्रकाश वाईबाको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको छ । आफ्नै घर अगाडिको विद्युतको तारमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बागमती मोडल अस्पताल कर्मैयामा उपचारको क्रममा मृत्यु भएको हो ।          

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.