सट्टेबाजी (Betting) खेलेको अभियोगमा ४ जना पक्राउ

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

4 views

मोरङ, २६ भदौ-एसिया कप क्रिकेट खेलमा सट्टेबाजी खेलेको अभियोगमा विराटनगर महानगरपालिका-११ बाट ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका-११ पिचरा बस्ने ४२ वर्षीय राजेश ठाकुर, २८ वर्षीय रवि सहनी, ३४  वर्षीय नारायण श्रेष्ठ र २३  वर्षीय अजय सहनी रहेका छन् ।

          एसिया कप क्रिकेट खेलमा सट्टेबाजी भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले खेलमा प्रयोग गरिएको ४ थान मोवाईल  र नगद १८ हजार ५ सय रुपैयाँ सहित उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।

          यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.