अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट सात ७ जना पक्राउ    

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

6 views

काठमाडौं, २६ भदौ - काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट करिब २ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित भारत घर भई काठमाडौं बस्ने २८ वर्षीय राजु रामलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ५५२३ नम्बरको सुमोलाई प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

          यसैगरी काठमाडौं महानगरपालिका-३२ जडिबुटीबाट नियन्त्रित लागूऔषध फेनारगन, डाइजेपाम र ब्रुप्रेनोर्फिन समेत गरी २ हजार १३ एम्पुल सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्‍तरी खडक नगरपालिका-८ घर भएका २९ वर्षीय दिपेन्द्र सरदार र कञ्चनपुर, कञ्चनपुर नगरपालिका-९ घर भएका २३ वर्षीय सुरज सरदार रहेका छन् । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई उनीहरूको डेराकोठा समेत तलासी गर्दा उक्त लागूऔषध, मोवाईल २ थान र नगद ५४ हजार रूपैयाँ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

          धनुषा, बिदेह नगरपालिका-५ मुडिबाबाट करिब १ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सहिदनगर नगरपालिका-२ बालाबाखर बस्ने ४८ वर्षीय किसुन यादवलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ज.९ प ४१६८ नम्बरको मोटरसाइकललाई प्रहरी टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार अपरिचित व्यक्तिले गम्छामा बाँधेर ल्याएको सामान पोखरीमा फाली फरार भएपछि मोटरसाइकल चालक यादवलाई नियन्त्रणमा लिई सामान जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको   छ ।

          कञ्चनपुर, बेलौरी नगरपालिका-१० भुडा कानीखल्लाबाट करिब ३ ग्राम ८ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुक्लाफाँटा नगरपालिका-७ बस्ने राजेन्द्र धानुक र सोही नगरपालिका-८ बस्ने सन्तोष महरा रहेका छन् । बागमती प्रदेश ०२०२९ प ०९४६ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी भुडा र बिओपि भुडाबाट खटिएको संयुक्त गस्ती टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

          सुर्खेत, भेरीगंगा नगरपालिका-१० तोलीखोलाबाट २ ग्राम २७ मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ सहित गुर्भाकोट नगरपालिका-१४ भलेनी बस्ने २८ वर्षीय खिम बहादुर पुनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्जबाट सुर्खेततर्फ जाँदै गरेको बा.४ ख २२३७ नम्बरको फोर्स गाडीलाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

          यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.