ट्रकको ठक्करबाट पैदालयात्रीको मृत्यु

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

10 views

झापा, २८ भदौ - भद्रपुर नगरपालिका-२ र ३ स्थितमा रहेको देउनिया पुलमा प्रदेश १-०१-००१ ख ३६५९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-२ बस्ने ३५ वर्षीया तुलसा खवास लामाको सोमबार दिउँसो मृत्यु भएको छ ।

भद्रपुरतर्फ जाँदै गरेको उक्त ट्रकले तुलसा र उनकै छोरी २ वर्षीया  रुक्साना लामालाई ठक्कर दिई ट्रक समेत पुलबाट तल देउनिया खोलामा खसेर दुर्घटना हुँदा घाइते भएका पैदलयात्री दुई जना र ट्रकमा सवार सह-चालक २ जना गरी ४ जनालाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा उपचारको क्रममा तुलसाको मृत्यु भएको हो । अन्य ३ जनालाई थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ ।

ट्रक चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.