चितवन राष्ट्रिय निकुन्जको ५० औं वर्ष,


चितवन : २०३० कात्तिक ४ गते स्थापना भएको नेपालको पहिलो राष्ट्रिय निकुञ्जको रुपमा परिचित  चितवन राष्ट्रिय निकुञ्जले असोज ४ गते आफ्नो ५० औँ वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गरी स्वर्ण वर्ष मनाउने तयारि गरेको छ ।

कात्तिक ७ गते औपचारिक कार्यक्रम गरी स्वर्ण वर्षको शुभारम्भ कसारामा स्वर्ण वर्षको उद्घाटन गरिने छ ।

महोत्सवमा मध्यवर्ती क्षेत्रका बोटे, कुमाल, थारु, गुरुङ, मगर, तामाङ, दाराईलगायत समुदायका सांस्कृतिक प्रस्तुति, स्मृति चिन्ह प्रकाशन, सुनको स्तम्भ अनावरणलगायतका कार्यक्रम गरिने तिवारीले जानकारी दिए ।

सन् १९८४ मा विश्व सम्पदा सूचीमा सूचीकृत भएको यस चितवन राष्ट्रिय निकुञ्ज ९५२.६३ वर्ग किलोमिटरमा फैलिएको छ ।

निकुञ्जमा ६० भन्दा बढी प्रजातिका जङ्गली स्तनपायीहरू पाइन्छ। रासस

भदौ २९, २०७९ मा प्रकाशित

115 views

प्रतिक्रिया

मुख्य समाचार