
चितवन : २०३० कात्तिक ४ गते स्थापना भएको नेपालको पहिलो राष्ट्रिय निकुञ्जको रुपमा परिचित चितवन राष्ट्रिय निकुञ्जले असोज ४ गते आफ्नो ५० औँ वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गरी स्वर्ण वर्ष मनाउने तयारि गरेको छ ।
कात्तिक ७ गते औपचारिक कार्यक्रम गरी स्वर्ण वर्षको शुभारम्भ कसारामा स्वर्ण वर्षको उद्घाटन गरिने छ ।
महोत्सवमा मध्यवर्ती क्षेत्रका बोटे, कुमाल, थारु, गुरुङ, मगर, तामाङ, दाराईलगायत समुदायका सांस्कृतिक प्रस्तुति, स्मृति चिन्ह प्रकाशन, सुनको स्तम्भ अनावरणलगायतका कार्यक्रम गरिने तिवारीले जानकारी दिए ।
सन् १९८४ मा विश्व सम्पदा सूचीमा सूचीकृत भएको यस चितवन राष्ट्रिय निकुञ्ज ९५२.६३ वर्ग किलोमिटरमा फैलिएको छ ।
निकुञ्जमा ६० भन्दा बढी प्रजातिका जङ्गली स्तनपायीहरू पाइन्छ। रासस
भदौ २९, २०७९ मा प्रकाशित