मोरङमा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

19 views

काठमाडौं, ३ असोज - मोरङ, बुढिगंगा गाउँपालिका-१ मिलचौकस्थित कोशी प्याकेजिङ कार्टुन फ्याक्ट्रीमा काम गरी बस्ने तेह्रथुम छथर शुक्रबारे घर भएका २५ वर्षीय आकाश लिम्बुको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । सोही फ्याक्ट्री नजिक जमेको पानीको खाल्टोमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको  हो ।

          बाँके, राप्तिसोनारी गाउँपालिका-८ सम्शेरगंज बस्ने ७३ वर्षीय बुद्धीमान लामाको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ ।  दाउरा काट्ने क्रममा घरबाट पानी तान्ने मोटरमा जोडेको तार काटिएकोमा उक्त तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

          यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.