टायर पड्किएर दुर्घटना भै बसमा आगलागी हुदा २५ जना को मृत्यु ।


महाराष्ट्रको बुलढाणा जिल्लामा एउटा निजी बसमा आगलागी हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । यो दुर्घटना महाराष्ट्रको बुलढाणास्थित समृद्धि एक्सप्रेसवेमा भएको थियो ।

प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार बसमा सवार ३३ यात्रुमध्ये २५ जनाको मृत्यु भएको थियो । बस नागपुरबाट पुणेतर्फ जाँदै गर्दा चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको  हो ।

दुर्घटना पछी बस डिभाइडरमा ठोकिएको थियो ।  त्यसको लगत्तै डिजेल ट्यांकी फुटेर आगो लागेको कुरा बुलढाणा प्रहरीले जानकारी दिएको थियो ।

असार १६, २०८० मा प्रकाशित

198 views

प्रतिक्रिया

मुख्य समाचार