
महाराष्ट्रको बुलढाणा जिल्लामा एउटा निजी बसमा आगलागी हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । यो दुर्घटना महाराष्ट्रको बुलढाणास्थित समृद्धि एक्सप्रेसवेमा भएको थियो ।
प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार बसमा सवार ३३ यात्रुमध्ये २५ जनाको मृत्यु भएको थियो । बस नागपुरबाट पुणेतर्फ जाँदै गर्दा चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको हो ।
दुर्घटना पछी बस डिभाइडरमा ठोकिएको थियो । त्यसको लगत्तै डिजेल ट्यांकी फुटेर आगो लागेको कुरा बुलढाणा प्रहरीले जानकारी दिएको थियो ।
असार १६, २०८० मा प्रकाशित