दरबार हाइस्कुल पुनर्निर्माण मंसिरभित्र सकिने


६ मंसिर, काठमाडौं । नेपालको सबैभन्दा पुरानो विद्यालय दरबार हाइस्कूल पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । २०७२ सालमा गएको भूकम्पका कारण क्षतिग्रस्त दरबार हाइस्कूल तोकिएको समय भन्दा अगावै निर्माण सकिने पक्का छ । क्षतिग्रस्त भवन चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २०७५ साउनबाट निर्माण शुरु भएको थियो । २० महिनामा सक्ने लक्ष्य राखेर शुरु भएको पुनर्निर्माण २६ महिनामा नै सकिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहायक प्रवक्ता मनोहर घिमिरेले निर्माणको काम लगभग सकिएको बताए । durbar high school अहिले हाइस्कुलको रंगरोगन भइरहेको उनले जानकारी दिए । पुननिर्माणको रेखदेख गरिरहेको शिक्षा मन्त्रालयले मंसिरभरिमा सबै काम सकिने बताएको छ । मूख्य भवनको पुनर्निर्माण जेठमै सकिएको थियो । भवनको छेउमा रहेका संरचना, भवनका झ्याल ढोकालगायतका केही कामहरु भने बाँकी थिए । अहिले ती कामहरु सकिएको मन्त्रालयले बताएको छ । पुनर्निर्माण सम्पन्न भवनमा ४ तला र ४६ कोठा छन् । २०१० सालमा स्थापना भएको दरबार हाईस्कूल नेपालको पहिलो आधुनिक विद्यालय हो । महानगरलाई हाइसञ्चो दरबार हाईस्कूलको पुननिर्माण सम्पन्न हुने भएपछि काठमाडौं महानगरपालिकालाई पनि राहत मिल्नेछ । दरबार हाईस्कूल पुनर्निर्माणका लागि चिनियाँ ठेकेदार कम्पनीले निर्माण सामग्री खुलामञ्चमा राखेको छ । त्यसले गर्दा खुलामञ्च ‘बन्द मञ्च’ बन्न पुगेको छ । अहिले केही अभियन्ताहरुले टुँडिखेल जोगाउन भन्दै ‘अकुपाई टुँडिखेल’ अभियान पनि शुरु गरेका छन् । खुलामञ्चमा ठेकेदारको सामान राख्न दिइएको भन्दै महानगरको आलोचना हुने गरेको छ । ‘सामग्री राख्न ठाउँ दिनैपर्ने थियो, स्कूल हाम्रै हो’ महानगरका एक कर्मचारीले भने, ‘हाइस्कूल बनिसकेपछि खुलामञ्च खाली हुन्छ, त्यसपछि अकुपाई अभियानको पनि अर्थ रहदैन ।’

मंसिर ६, २०७६ मा प्रकाशित

138 views

प्रतिक्रिया

मुख्य समाचार