१५ श्रीमतीसँग बस्छन् गरिब देशका राजा, श्रीमतीका लागि किने २ अर्बको कार


काठमाडौं। उनको देश संसारका सबैभन्दा गरिब देशहरुमध्ये एक हो । यहाँका करिब ६३ प्रतिशत जनता गरिबीको रेखामुनी छन् । तर यो देशका राजा भने विलासी जीवन बाँच्न कुनै कमी छोड्दैनन् । यी राजा हुन् अफ्रिकी देश स्वाजिल्याण्डका जसले आफ्नो देशको नाम समेत फेरेर अहिले इस्वातिनी बनाएका छन् । स्वाजिल्याण्डका राजा मस्वती–३ का १५ जना श्रीमती छन् । उनले हालै श्रीमतीहरुका लागि १३ मिलियन पाउण्ड (२ अर्ब नेपाली रुपैयाँ)का बिलासी कार किनेका छन् । राजाले यसरी कार किनेपछि यस विषयमा धेरै प्रश्न उठिरहेका छन् । स्वाजिल्याण्ड धेरै कारणले बदनाम रहने गरेको छ । यहाँ बहुविवाह वैध छ । अहिले राजाकै १५ जना श्रीमती छन् र उनकी एक श्रीमतीको मृत्यु भइसकेको छ । स्वाजिल्याण्डमा हरेक वर्ष शरीरको माथिल्लो भाग पूरै नग्न अवस्थामा कुमारी केटीहरुको परेड हुन्छ । यो परेडबाट राजाले हरेक वर्ष आफ्नो लागि एक नयाँ श्रीमती रोज्छन् । जो केटीहरु यो परेडमा आउँदैनन् उनीहरुलाई विभिन्न किसिमका सजाय दिइन्छ । नग्न केटीहरुको परेडबाट राजाले श्रीमती रोज्ने यो प्रथामाथि प्रश्न उठिरहेका छन् तर तमाम विरोधमा बावजुद यसलाई बन्द गरिएको छैन । हालै राजाले आफ्ना १५ श्रीमतीका लागि १५ रोल्स रोयस र दर्जनौं बिएमडब्लु कार किनेका छन् । गत वर्ष आफ्नो जन्मदिनको अवसरमा राजाले आफ्नो देशको नाम नै बदलिदिएका थिए । उनले आफ्नो देशको नाम स्वाजिल्याण्डबाट बदलेर इस्वातिनी बनाएका थिए । यद्यपि अझैसम्म धेरैजसोले यो देशलाई स्वाजिल्याण्डकै नामले चिन्छन् ।

मंसिर ९, २०७६ मा प्रकाशित

117 views

प्रतिक्रिया

मुख्य समाचार