पर्यटन मन्त्री रवीन्द्र अधिकारीको वडामा, पार्किङमा राखेको गाडीमा ब:म वि:स्फोट

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

13 views

अज्ञात समूहले पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको पोखरा–१७ हिमालीटोलस्थित निवासमा पार्किङमा राखेको गाडीमा आज ब म वि ष्फोट गरेको छ । वडाध्यक्ष आचार्य चढ्ने ग२च ४२६ नं को हाइलक्स गाडीमा आज बिहान २ः०० बजे ब म वि ष्फोट भएको घटनास्थलमा पुग्नु भएका गण्डकी प्रहरी प्रदेश कार्यालयका प्रमुख विनोद शर्मा घिमिरेले जानकारी दिनुभयो । वि ष्फोटनबाट नजिकैको घरमा समेत प्वाल परेको छ । सो घरमा ११ जना सुतिरहेको नेपबहादुर परियारले बताउनुभयो । घटनाबारे अनुसन्धान भइरहेको घिमिरेले बताउनुभयो । निर्मलपोखरी तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको गाउँ हाे। हेलिकोप्टर दुर्घटनामा अधिकारीको निधन भएपछि मंसिर १४ गते हुने उपनविर्नाचनमा उनकी श्रीमती विद्या भट्टराई चुनाव लड्दै छिन्। निर्वाचनलाई प्रभावित गर्न ब म वि स्फोट गराइको प्रहरीको दाबी छ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.