सुनसरीमा एम्बुलेन्स र ट्रक ठोक्किदा ७ जनाको मृत्यु

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

7 views

सुनसरी : सुनसरीमा एम्बुलेन्स र ट्क ठोक्किदा ७ जनाको ज्यान गएको छ । शनिबार राति १२:२० बजेको समयमा सुनसरीको कोशी गाउँपालिकास्थित हरिपुरमा भएको सवारी दुर्घटना ७ जनाको घटनास्थलमै ज्यान गएको प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख भीम दाहालले जानकारी दिएका छन्। पूर्वपश्चिम-राजमार्गस्थित हरिपुरमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्स वीरगन्जबाट पूर्वतर्फ आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो। मृत्यु हुने सातै जना एम्बुलेन्समा सवार रहेको प्रहरीले जनाएको छ । एम्बुलेन्स पूर्णरुपमा क्षति पुगेको छ । प्रहरीका अनुसार ज्यान गुमाउनेमा नगरपापलिकाल उदयपुरका राजेश दनुवार दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई, दिनेश राइ र शिवमाया राई रहेका छन् ।  मृतक सबैको शव सुनसरी सदरमुकामस्थित इनवरुवा अस्पतालमा ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.