एकपटक आएको पर्यटक पटक–पटक आओस् भन्ने सोचका साथ काम भइरहेको छ

ललितपुर महानगरपालिकाले भ्रमण वर्षको स्वागत गर्न विशेष तयारी गरिरहेको छ। कलाकृतिको उत्कृष्ट नमुना रहेको महानगरक्षेत्रमा पर्यटकलाई भित्र्याउन महानगरले सबै वडामा कम्तीमा पनि दुईवटा पर्यटक लक्षित कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ। पाटन प्रवेशद्वार पाटनढोकादेखि दरबारक्षेत्रसम्मको भागलाई विशेष किसिमले सजाउने काम भएको छ। प्रस्तुत छ, यसकै तयारीका सन्दर्भमा नेपाल समाचारपत्रका लागि ईश्वरराज ढकालले मेयर चिरिबाबु महर्जनसँग गरेको कुराकानी : ललितपुर महानगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० को तयारी कसरी गरिरहेको छ ? ललितपुर महानगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० लाई भव्य रूपमा मनाउन महानगरका सल्लाहकार दिलेन्द्र श्रेष्ठको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ। यो समितिले विभिन्न कार्यक्रमहरू गर्ने योजना बनाएको छ। त्यसमध्ये केहीको प्रारूप तयार भइसकेको छ, केहीमा हामी छलफल गरिरहेका छौं। त्यसो त ललितपुर महानगरपालिकाले भर्खरै आयोजना गरेको एसिया प्रशान्त क्षेत्रका १ सय ५० भन्दा बढी नगरपालिका र शहर विकासमा काम गर्ने विभिन्न सरोकारवाला संघसंस्थाको अन्तर्राष्ट्रिय सञ्जाल सिटीनेटको ३८औं कार्यसमिति बैठक तथा सम्पदा तथा दिगो पर्यटन विषयक छलफलमा अन्तर्राष्ट्रिय सेमिनारले भ्रमण वर्षका लागि सकारात्मक सन्देश प्रवाह गरेको छ। विभिन्न देशबाट आउनुभएका लगभग सय जनाले ललितपुरको कला, ऐतिहासिक महत्वका स्थान र यहाँको जानकारी आफ्नो ठाउँमा पुगेर वर्णन गर्दा पक्कै पनि त्यसको सकारात्मक सन्देश पुग्ने हामीले ठानेका छौं। हामीले ललितपुरबाट नेपाल भ्रमण वर्ष आरम्भ गर्न सरकारसँग आग्रह गरेका छौं। तयारीको अवस्था हेर्दा पाटनढोकालाई मुख्य प्रदेशद्वार बनाएर पर्यटकलाई वहाः बही घुमाउने, मंगलबजार र दरबारक्षेत्रलाई विशेष शृंगार गर्ने तयारी गरेका छौं। पाटनढोकादेखि मंगलबजारसम्म हेरिटेज टुरको व्यवस्था गरेका छौं। अहिले आधा दिनमात्र विदेशी पर्यटक घुम्ने व्यवस्थालाई अन्त्य गर्दै कम्तीमा पनि एक दिनको प्याकेज तयारी गरेका छौं। ऐतिहासिक नगरी पाटन सात दिनसम्म घुमाउने कार्यक्रमको खाका तयारी गरिरहेका छौं। नेपाल भ्रमण वर्षको संघारमै गरिएको सिटीनेटको बैठकको प्रभाव त छ नै, यसबाहेकको तयारी बताइदिनुस् न ? सन् २०२० मा २० लाख पर्यटकलाई नेपाल भित्र्याउने संघीय सरकारको लक्ष्यलाई पूरा गर्न ललितपुर महानगरपालिकाले आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछ। हामी ललितपुरमा रहेका रेस्टुराँहरूमा पर्यटकका लागि केही छुट गर्न अनुरोध गर्नेछौं। त्यसैगरी होटेलहरूसँग पनि हाम्रो यो अनुरोध रहनेछ। यो अवधिमा हामीले आफ्ना कार्यक्रममार्फत भ्रमण वर्षमा ललितपुरको प्रचारप्रसार गर्ने हो। यो प्रचारले वर्षैभरि ललितपुरलाई पर्यटकको मन र मस्तिष्कमा राख्नलाई सहयोग पुगोस् भन्ने हाम्रो उद्देश्य हो। भित्री शहर अर्थात् पिम्बहाल, सालह्, नकवहीः दरबार चोकलगायत मुख्य क्षेत्रका बासिन्दा बस्ने स्थानको जीवनशैली देखाउने व्यवस्था गरेका छौ। पर्यटकहरू आफैले गाइड गर्नसक्ने गरी सेल्फ टुर गाइड अर्थात् (पर्यटक आफैले घुम्न सक्ने व्यवस्था) शुरूआत गर्दै छौं। पर्यटक घुम्ने क्षेत्रमा पर्यटकका लागि संकेत ९एरो० को व्यवस्था गर्दै छौं। त्यतिमात्रै होइन अडियो टुरको समेत व्यवस्था गर्ने गृहकार्य भइरहेको

माघ १५, २०७९ मा प्रकाशित

117 views

प्रतिक्रिया

मुख्य समाचार