चकलेटको ईतिहास

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

5 views

सबै भाइबहिनीले चकलेट खाएका छौ होला। कसैलाई त चकलेट नखाई काम गर्न पनि मन लाग्दैन होला। यसको उत्पत्ति कहाँ भयो ? चकलेट कहिलेदेखि लोकप्रिय भयो ? यो संसारभरि कसरी फैलियो ? यसमा के के मिसाइएको हुन्छ ? यस्ता विषयमा पनि तिमीहरूलाई जान्ने इच्छा होला। आज यहाँ यिनै रोचक विषयहरू प्रस्तुत गरिएका छन्। १. चकलेटको सुरुआत करिब पाँच हजार वर्षपहिले भइसकेको थियो। तर, यसको बढी प्रयोग अमेरिकाबाट १९ सय वर्ष पहिले नै भएको हो। अमेरिकी नागरिकले ‘कोकोआ सिड्स’ लाई भगवान्को उपहार मान्थे। त्यसैले यसलाई धेरै महत्त्व दिन्थे। उनीहरूले यसलाई ‘एनर्जी डिं«क’ का रूपमा मसला, सुप, वाइन आदिसँग प्रयोग गर्न थाले। २. १६ औं शताब्दीमा यसलाई चिनीमा मिसाएर प्रयोग गरिन थालियो। त्यसपछि यो एकदमै तीव्र गतिमा पूरै युरोपमा लोकप्रिय भयो। दिनप्रतिदिन यसको लोकप्रियता बढ्न थालेपछि २०औं शताब्दीमा अमेरिकी सैनिक युद्धको बेलामा चकलेटलाई नै आफ्नो आहाराका रूपमा लिएर जान्थे। ३.संसारभरि उब्जिने ‘कोकोआ’ दुई तिहाइ पश्चिमी अफ्रिकामा मात्र उब्जिन्छ। यो आइबेरी कोस्टमा मात्रै ३३ प्रतिशत उत्पादन हुन्छ। ४. सन् १९७१ मा बनेको ‘भोन्का एन्ड द चकलेट फ्याक्ट्री’ नामक एउटा फिल्मका लागि ‘अगस्ट्स ग्लुप’ नामको चकलेट तयार गरिएको थियो। त्यो बनाउनका लागि १५ हजार जर्किन पानीमा चकलेट र क्रिमलाई मिसाइएको थियो। तर, यो धेरै टिकेन र बिग्रियो। ५.बेलायतको एउटा चकलेट कम्पनी ‘थार्नटोन्स’ ले आफ्नो सय वर्ष पुगेको उपलक्ष्यमा सन् २०११ मा संसारकै सबैभन्दा ठूलो चकलेट बनायो। उक्त चलकेटको तौल पाँच हजार सात सय ९२ किलो रहेकोे थियो। ६. एलिना क्लिमेन्टले सन् २०१३ मा एउटा यस्तो घर बनाए जुन घरको सम्पूर्ण सामान चकलेटले बनेको थियो। यो बनाउन ६ सय किलो चकलेट खपत भएको थियो। उक्त घरको २० वर्गमिटरको कोठामा कुर्सी, टेबल, कप, प्लेट आदि सबै चकलेटले नै बनाइएको थियो। ७.वाइट चकलेट– यसलाई सामान्य चकलेट कोकोआ वा त्यसको तरल पदार्थबाट बनाइन्छ। तर, वाइट चकलेटमा त्यसको सट्टामा कोकोआ बटरको प्रयोग गर्ने गरिन्छ। खासमा यो चकलेट होइन। यसमा २० प्रतिशत कोकोआ बटर, १४ प्रतिशत पाउडर दूध र बाँकी मात्रामा चिनीको मि श्रण हुन्छ। ८. संसारभरि चकलेट जति मात्रामा खपत हुन्छ त्यसको आधा मात्रा युरोपमा मात्र हुन्छ। युरोपमा प्रतिव्यक्तिले एक वर्षमा करिब ११ किलो चकलेट खाने गर्छन्। त्यसैगरी अमेरिकामा प्रतिसेकेन्ड एक सय पाउन्ड चकलेट खाने गर्छन्। ९. चकलेटमा ‘थियोब्रोमिन’ धेरै मात्रामा प्रयोग गरिन्छ। जसले हृदयाघात, एक्युट किड्नी ड्यामेज तथा डिहाइड्रेसनजस्ता समस्या निम्त्याउने गर्छ। त्यसैगरी यसमा ठूलो मात्रामा चिनीको पनि प्रयोग गरिने हुनाले पर्याप्त क्यालोरी पाइन्छ। तर, धेरै खानाले मोटोपनासँगै विभिन्न समस्या हुने खतरा पनि त्यत्तिकै हुन्छ। १०. चकलेट खानाले कुकुर वा बिरालो पनि बिरामी हुन सक्छन्।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.