परमेश्वरले बचाउँछ भन्दै ९ जना एचआईभी संक्रमितले छाडे औषधि

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

7 views

२४, मंसिर, चितवन । चितवनमा नौ जना एचआईभी संक्रमितले औषधी खान छाडेका छन् । भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउन्डेसन (एएचएफ) चितवनका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले एआरटी सेन्टरबाट नियमित औषधी सेवन गर्दै आएका ९ जना एचआईभी संक्रमितहरुले औषधी सेवन गर्न छाडेको बताए । उनीहरुलाई जति सम्झाए पनि नसकिएको उनको भनाइ छ । पछिल्लो तीन महिनामा मात्रै नौ जनाले पिता परमेश्वरले बचाउँछ भनेर नियमित औषधि छुटाएको कार्यक्रम संयोजक सापकोटाले जानकारी दिए । एन्टिरेट्रो भाइरल थेरापी (एआरभी) छोड्नेहरू माडी नगरपालिका र इच्छाकामना गाउँपालिकाकाका छन् । ‘यतिका बर्ष एड्सको क्षेत्रमा काम गरियो, तर यस्तो समस्या आएको थिएन’ सापकोटाले भने ‘नियमित औषधि खाइरहेकाले किन छाडे भनेर फलोअप पनि ग¥यौं, तर कुरा भित्री कुरा अर्को रहेछ, जति प्रयास गरे पनि फिर्ता गराउन सकिएन।’ एचआईभी संक्रमितले औषधि छोड्न थालेपछि यसलाई नयाँ चुनौतीको रुपमा लिन थालिएको सापकोटाले बताए । औषधी छाडेकाहरु संगतिमा जान थालेका छन् । ध्यान गरे एचआईभी संक्रमण हट्छ भन्ने भ्रम उनीहरुको दिमागमा पारिएको कार्यक्रम संयोजक सापकोटाले बताए । एचआईभी एड्सको संक्रमण आयुर्वेदिक औषधीबाट निको हुन्छ भनेर थप तीन जनाले एआरभी लिन छाडेका छन् । मदिरा सेवन गर्नेहरुले पनि औषधी लिन छाड्ेको सापकोटाले बताए । युवा पुस्तामा भन्दा ४० बर्ष कटेका अधवैशे मानिसहरुमा एचआईभीको संक्रमण बढी देखिएको तथ्यांक सेन्टरमा छ । ‘युवाहरुलाई भन्दा बढी ४० कटेका पुरुषलाई बढी एचआईभीको संक्रमण देखियो’ सेन्टरका कार्यक्रम संयोजक सापकोटाले भने, ‘समलिंगी बढी संक्रमित छन् दुई महिनायता मात्र ११ जना समलिंगीमा एचआईभी संक्रमण प्रमाणित भयो ।’ चितवनमा पछिल्लो १० महिनामा ८० जना नयाँ एचआइभी संक्रमित फेला परेका छन् । भरतपुर अस्पतालमा रहेको एआरटी सेन्टरले दिएको जानकारी अनुसार पछिल्लो १० महिनामा ८० जना नयाँ एचआईभी संक्रमित उपचार गर्न आएका छन् । अस्पताल र समुदायस्तरमा १३ हजार ६ सय २५ जनाको एचआईभी परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् । जसमध्ये ४३ जना पुरुष, ३५ जना महिला र २ जना बालबालिका छन् । सन् २०१९ मा १ सय १६ जनाले एआरभी औषधि लिन सुरु गरेका छन् । सन् २०१९ मा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश रक्सी सेवन, लिभर र मुटु रोगी, टिबी भएका संक्रमित भएकाहरु छन् ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.