काठमाडौंमा पानी पर्‍यो, चन्द्रागिरिमा हिउँ

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

13 views

२७ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा पानी परेको छ । देशभर मौसममा आएको बदलीसँगै उपत्यकामा पनि पानी परेको हो । देशको पश्चिम भेगबाट बुधबारदेखि प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीले पानी परेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ । चन्द्रागिरीलगायत स्थानमा भने हिउँ परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार, हिमालमा हिमपात र पहाडी भेगमा अहिले वर्षा भइरहेको छ । मौसमविद्का अनुसार, शनिबारसम्मै काठमाडौं उपत्यकालगायतका देशका पहाडी तथा मध्यपहाडी भागमा वर्षा हुने सम्भावना छ । ‘भोलिसम्म काठमाडौं उपत्यका लगायतका स्थानमा वर्षा हुने सम्भावना छ’, मौसमविद् पौडेलले भने, ‘दिउँसो घाम नलाग्ने र पानीसमेत पर्ने भएकाले काठमाडौंमा चिसो बढ्छ, वरपरका पहाडमा आजै रातिदेखि हिउँ पर्न सक्छ ।’

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.