विश्‍वयुद्धको बम भेटिँदा ५४ हजारलाई सहरबाट हटाइयो


रोम : इटलीको एक सहर ब्रिन्दिसीमा दोस्रो विश्वयुद्धको शक्तिशाली बम निस्क्रिय बनाउन ५० हजारभन्दा धेरै मानिसलाई विस्थापित गरिएको छ । सहरको दक्षिणी क्षेत्रबाट ५४ हजार मानिसलाई हटाएर उक्त ठाउँ खाली गरिएको हो । स्थानीय मिडियाका अनुसार उक्त बेलायती बम एक मिटर लामो र २ सय किलोग्रामको छ । जुन गत नोभेम्बर २ मा सिनेमाको काम गर्ने क्रममा भेटिएको हो । मानिसलाई खाली गर्ने काममा एक हजार भन्दा धेरै सुरक्षाफौज खटिएका छन् । साथै २ सय ५० स्वयंसेवक यस काममा साथ दिएका छन् ।

मंसिर २९, २०७६ मा प्रकाशित

127 views

प्रतिक्रिया

मुख्य समाचार