३ वर्ष अगाडि प्रकाशित
3 years अगाडि

3 views

पोखरा । पोखरा जारी आठौँ संस्करणको आईएमई साहित्य महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, पूर्वमन्त्री एवं कांग्रेस नेता गगन थापा र साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आज सामूहिक बहस गरेका छन् ।

महोत्सवअन्तर्गतको ‘अबको नेतृत्व कस्तो’ शीर्षकको सत्रमा समसामयिक राजनीति, राज्य र दलहरूका अवस्थाका विषयमा थियो भने सहभागीले यिनै विषयमा आधारित भई जिज्ञाशा राखेका थिए । सहभागीका प्रश्नको जवाफका साथै बहसकै क्रममा भट्टराई, थापा र मिश्रबीच एक आपासमा सवाल जवाफ पनि भएका थिए ।

कार्यक्रममा आशा गरिएका युवा नेता पनि पुरानै नेतासँग किन एकाकार भइरहेका छन् भन्ने सहभागीको जिज्ञासामा पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता थापाले पुराना सबै खराबै खराब र नयाँ सबै राम्रो भन्न नमिल्ने स्पष्ट पारे । सामाजिक आन्दोलनबाट आएका मान्छेलाई पनि पार्टीमा लाने, प्रशिक्षित गर्ने र भोलि नेतृत्व गर्ने बनाउनुपर्ने उल्लेख गर्दै उनले आफ्नै दलभित्र पनि गरिने हस्तक्षेप आवश्यकताअनुसार हुने बताए । नेता आफ्नै संघर्षले जन्मने उल्लेख गर्दै थापाले संघर्ष र एजेण्डाबाटै नेता स्थापित हुने धारणा राखे ।

मन्त्री भट्टराईले नेतृत्व प्रक्रियाबाट जन्मिने बताउँदै यो कुनै जोखाना हेरेर नजन्मने उल्लेख गरे । कालापानी, लिपुलेकलगायत सीमा मिचिएको बारेमा सहभागीले सोधेका प्रश्नको जवाफमा मन्त्री भट्टराईले यसको समाधानमा सबै दल एकमत रहेको बताए । राष्ट्रियताको विषयमा सरकारले कूटनीतिक तबरले वार्ता गरेर समाधान गर्ने उनको भनाइ छ । बोलेर नभई काम गरेर जवाफ दिनुपर्ने अवस्था आएको चर्चा गर्दै उहाँले ‘पारदर्शी भएर काम गर्छौँ कि गदैनौँ, त्यसको प्रतीक्षा गर्नुहोस्’ भने ।

२०७४ को चुनावमा एकीकरण भएर चुनावमा होमिएका साझा र विवेकशीलको फुटका सम्बन्धमा सहभागीको जिज्ञासामा साझा पार्टीका संयोजक मिश्रले फुटले आफूहरूलाई ठेस लागे पनि यसबाट शिक्षा लिएर अघि बढेको बताए । राजनीतिक प्रणालीमा नभई कार्यशैलीमा आपत्ति उल्लेख गर्दै उनले भने, “अहिले राजनीतिक नेतृत्वको एक वर्गले यसरी सम्बन्ध जोडेको छ, त्यो सम्बन्धको डोरी चुडियो भने व्यवसाय गर्न सक्दैन, सामान्य नागरिकले त्यो राजनीतिक दलसँग जोडिएन भने वृत्ति विकास नै हुँदैन भन्ने ठान्छ ।”

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.