इस्लामाबाद ः पाकिस्तानी पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्ड सुनाइएकोमा मेजर जनरल आसिफ गफूरले अदालतको फैसलाले ‘अनगिन्ति पीडा र वेदना दिएको’ प्रतिक्रिया दिए ।
मुशर्रफमाथि अदालतको फैसलापछि उच्च सैन्य अधिकारीहरु ‘पूर्व सेनापति, संयुक्त चिफ अफ स्टाफ र पाकिस्तानी राष्ट्रपति, जसले ४० वर्ष देशको सेवा गरे, युद्ध लडे, उनी कहिल्यै देशद्रोही बन्न सक्दैनन्,’ सेनाले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
। मंगलबार बिहान पाकिस्तानको अदालतले मुशर्रफलाई मृत्युदण्डको फैसला सुनाएको थियो । मुशर्रफ दुबइमा उपचारका लागि छन् । यही महिना मात्रै उनी अस्पातलमा उपचारका लागि गएका थिए ।
देशका पूर्वराष्ट्रपतिमाथि अदालतले यसरी मृत्युदण्ड सुनाएको पाकिस्तानी इतिहासमै पहिलो घटना हो । अदालतको फैसलापछि पनि मुशर्रफले प्रतिक्रिया दिएका छन् । ‘मैले १० वर्षसम्म देशलाई सेवा गरेको छु, म देशका लागि लडेको छु,’ मुशर्रफले भने । २०१३ मा उनीमाथि देशद्रोहको मुद्दा लगाइएको थियो ।