पोखरा वरिष्ठ नगर प्रहरी निरीक्षकद्वारा राजीनामा

३ वर्ष अगाडि प्रकाशित
3 years अगाडि

19 views

१० पुस, पोखरा । पोखरा महानगरपालिकाका वरिष्ठ नगर प्रहरी निरीक्षक वसन्तप्रसाद चालिसेले बिहीबार राजीनामा दिएका छन् । २ वटा प्रमाणपत्र पेश गरी जागिर खाएको सार्वजनिक भएपछि उनले राजीनामा दिएका हुन् ।

‘बिहीबार उहाँले राजिनामा दिनुभएको छ,’ महानगर सूचना अधिकारी भरतराज पौडेलले भने, ‘बाँकी कारबाहीको प्रक्रियामा छौं ।’ चालिसेको पहिलो नागरिकतामा जन्ममिति २०१७ फागुन ५ गते उल्लेख छ । उनले पछिल्लो पटक महानगरमा पेस गरेको नागरिकतामा जन्म मिति २०१९ चैत २७ गते छ ।

अघिल्लो प्रमाणपत्रको जन्ममितिलाई आधार मान्दा उनी सेवा निवृत्त हुनुपर्ने अवधि ९ महिना बढी भइसकेको छ । महानगरमा अवकाश तथा बढुवा गर्ने क्रममा १० भन्दा बढी कर्मचारीको फरक फरक शैक्षिक प्रमाणपत्र र नागरिकता फेला परेको थियो ।

महानगरले यसअघि नै २ थरी प्रमाणपत्र पेश गर्ने एकबहादुर बस्नेत र लोकराज घिमिरेलाई कारबाही गरिसकेको छ । २ थरी प्रमाणपत्र पेश गरेर जागिर खाएको उजुरी परेपछि ११ जना नगर प्रहरीमाथि अख्तियारले छानबिन गरिरहेको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.