एक हप्तामै हजार शैयाको अस्पताल !


काठमाडौं । आफ्ना सयभन्दा बढी नागरिकको ज्यान लिइसकेको कोरोना भाइरसको नियन्त्रणका लागि जारी पहललाई चीनले तीव्रता दिएको छ । विशेषतः सङ्क्रमण सुरु भएको वुहानमा उसले ध्यान केन्द्रित गरेको छ । यस क्रममा अन्तर्राष्ट्रिय सञ्चार माध्ययमा एउटा भिडियो सार्वजनिक भएको छ, जहाँ वुहानमा कोरोना भाइरस सङ्क्रमितका लागि एक अस्पताल बनाउँदै गरेको देखिन्छ । निर्माण सुरु गरेको चार दिनमै अस्पतालले उल्लेख्य आकार लिएको देखाउँदै एक हप्ताभन्दा कम समयमा निर्माण पुरा हुने बताइएको छ । आगामी सोमबार बिरामी भर्ना लिनका लागि यो अस्पताल तयार हुने दाबी छ । गत शनिबार मनाइएको चिनियाँ नया वर्षको दिनदेखि एक हजार शैयाको अस्पताल बनाउने काम सुरु भएको थियो । यसमा सरकारकै चार निर्माण कम्पनीका सयौँ कामदार खटिएका छन् । दर्जनौँ डोजरहरू प्रयोग भएका छन् । यस्तै अन्य तीन अस्थायी अस्पताल हुबेई र हेनानमा पनि बनाउने तयारी छ । हेनानमा विद्यमान एक अस्पताललाई कोरोनाभाइरस लक्षित बनाइने भएको छ र यसका लागि जम्मा दुई दिनको समय छुट्याइएको छ । यसअघि सन् २००३मा सार्सको प्रकोप फैलिँदा चिनले राजधानी बेइजिङमा सात दिनमा एक अस्थायी अस्पताल तयार गरेको थियो । अहिले बनाइन लागेका अस्पतालहरू पनि त्यही ढाँचाका हुनेछन् । डेलीमेलबाट

माघ १५, २०७६ मा प्रकाशित

138 views

प्रतिक्रिया

मुख्य समाचार