गोरखामा पहिलोपटक १० जनामा कोरोना, हिरासतमा थिए एक संक्रमित

६ वर्ष अगाडि प्रकाशित
6 years अगाडि

2 views

२५ जेठ, गोरखा । गोरखामा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । आइतबार एकै दिन गण्डकी गाउँपालिकाका ९ र पालुङटार नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको हो । गण्डकी गाउँपालिकाका संक्रमितहरु २० देखि ४३ वर्ष उमेर समूहका छन् भने पालुङटार नगरपालिकाका संक्रमित १७ वर्षीय युवक हुन् । उनीहरुमध्ये ९ जना क्वारेन्टिनमा थिए भने एक जना प्रहरी हिरासतमा थिए । उनीहरुको यही जेठ २० गते पीसीआर परीक्षणका लागि नमूना संकलन गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो । गण्डकी गाउँपालिकाको रत्नेश्वर मावि दर्वुङ र भिमोदय आधारभूत विद्यालयको क्वारेन्टिनमा रहेका ४/४ जना र ज्ञानमार्ग माविको क्वारेन्टिनमा रहेका एक जनामा कारोना देखिएको बताइएको छ । उनीहरुमध्ये आठजना भारतबाट आएका हुन् । संक्रमितहरुलाई जिल्ला अस्पताल गोरखाको आइसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.