सुर्खेतमा १८ जनालाई कोरोना पुष्टि

६ वर्ष अगाडि प्रकाशित
6 years अगाडि

8 views

बिहीबार कर्णाली प्रदेशका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित सबै सुर्खेतका छन्। सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ६९४ स्वाब परीक्षणमध्ये १८ जनामा कोरोना पोजेटिभ देखिएको हो। संक्रमितमध्ये ५ महिला, ५ बालक छन् भने ८ जना पुरुष छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपािलका–१० का ३ जना महिला, ३ जना पुरुषमा कोरोना पुष्टि भएको छ। सोही वडाका १, २ र ३ वर्षीय बालकमा पनि कारोना पुष्टि भएको महाशाखाले जनाएको छ। यस्तै वीरेन्द्रनगर–१३ का २ जना महिला, ६ र १३ वर्षीय दुई बालक, ४ जना पुरषमा कोरोना पुष्टि भएको छ। सुर्खेतको लेकवेशी नगरपालिका–७ का एक जना पुरुषमा कोरोना पुष्टि भएको महाशाखाले जनाएको छ। बुधबार थपिएका २३ जनामध्ये पनि १८ जना सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका थिए। योसँगै कर्णाली प्रदेशका कोरोना संक्रमित हुनेको संख्या २ हजार ५२ पुगेको छ। जसमध्ये १ हजार ९०१ जना डिस्चार्ज भइसकेका छन् भने १४५ जना विभिन्न अस्पताल तथा आइसोलेशनमा बसिरहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.