कोरोना बढाउन, युवा सबैभन्दा बढी जिम्वेवार – डब्ल्यूएचओ


२ भदौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले युवा पुस्ताले कोरोना भाइरस (कोभिड-१९) को महामारी फैलाइरहेको बताएको छ । डब्ल्यूएचओको वेस्टर्न प्यासिफिक क्षेत्रका क्षेत्रीय निर्देशक टाकेसी कासाईले २० देखि ४० को दशकको उमेर भएका मानिसहरुले उल्लेख्य मात्रामा कोरोना भाइरसको संक्रमण फैलाइरहेको बताएका हुन् । कासाईले भर्चुअल बि्रफिङको क्रममा धेरै युवाले आफू संक्रमित हुँदा सावधानी नअपनाएको बताएका छन् । यसले महामारीको अवस्था झन् खराब बन्दै जाने उनले चिन्ता व्यक्त गरेका छन् । युवाहरुलले सतर्कता नअपनाउँदा उनीहरुबाट कोरोना भाइरसको जोखिम बढी भएका मानिसहरुमा यसको मार पर्ने कासाईको भनाइ छ । स्रोत :रोयटर्स

भदौ २, २०७७ मा प्रकाशित

121 views

प्रतिक्रिया

मुख्य समाचार