जब ऐकै सन्क्रमित बाट नौ जनामा सन्क्रमण सर्यो ।

६ वर्ष अगाडि प्रकाशित
6 years अगाडि

6 views

बागलुङ : जिल्लामा एकै संक्रमितबाट ९ जनामा कोरोना संक्रमण फैलिएको पाइएको छ। समुदाय स्तरमा संक्रमण पुष्टि भएकी बागलुङ नगरपालिका वडा नम्बर ३ कि महिला व्यवसायीबाट पछिल्लो एक सातामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। अस्पतालमा बिरामी भएर परीक्षणका लागि पुगेका उनलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण भएको संकेतपछि चिकित्सकको परामर्शमा स्वाब लिएर पीसीआर गर्दा कोरोना पोजिटिभ देखिएको थियो। व्यवसायी भएकाले यसबीच धेरैसँग सम्पर्क भएको कन्ट्याक्ट ट्रेसिङमा पाइएपछि २५ जनाभन्दा बढी प्रत्यक्ष सम्पर्कमा रहेकाको पीसीआर परीक्षण गरिएको बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए। कन्ट्याक्ट ट्रेसिङबाट सुरुमा एकैसाथ परिवारका ६ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो। ‘नगरको समुदाय स्तरमा संक्रमण अलि अकल्पनीय रुपमा फैलियो, व्यवसायी महिलाबाट सुरुमा परिवारका ६ जनामा सरेको पाइयो’, स्वास्थ्य शाखा प्रमुख खनालले भने, ‘त्यही ६ जनाको कन्ट्याक्ट ट्रेसिङबाट फेरि एक जनामा कोरोना पोजिटिभको रिपोर्ट आयो, उनै एक जनाको कन्ट्याक्ट ट्रेसिङबाट सोमबार थप दुई २० वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको छ।’ बानपा ३ कि कुखुरा पालक व्यवसायी महिलाभन्दा अघि बानपा २ की होटल व्यावसायी महिलामा कोरोना देखिएको थियो। तर, उनको कन्ट्याक्ट ट्रेसिङबाट थप संक्रमण नदेखिएको नगर स्वास्थ्य शाखाले जनाएको छ। संक्रमितको सम्पर्कमा आएकोमा धमाधम संक्रमण पुष्टि हुन थालेपछि बागलुङ बजारमा उच्च जोखिम बढेको छ। जिल्लामा संक्रमितको सम्पर्कमा आएका १ सय ५१ जनाको स्वाब परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको छ भने ४८ जनाको रिपोर्ट आउन बाँकी रहेको बागलुङ नगर स्वास्थ्य शाखा प्रमुख खनालले जानकारी दिए। अब समुदाय स्तरमा थप परीक्षणको दायरालाई बढाउने तयारीमा रहेको उनले बताए। स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले नागरिक सचेत नभए संक्रमणको जोखिम बढ्दै जाने बताए। ‘नागरिकले सरकारको नियम पालना नगरे र लापरवाही गरे यो जोखिम अझै बढेर जान्छ, यसको पालना सबैले गर्नुपर्छ’, गुरौले भने, ‘हामीले आफ्नो बानीलाई सुधार गरेनौं र लापरवाही गर्‍यौं भने अझ भयावह अवस्था आउन सक्छ, यसको जोखिम कम गर्ने भनेकै अनावश्यक रुपमा बाहिर ननिस्कने, निस्किनै परे सुरक्षित साथ निस्कने, भौतिक दुरी कायम गर्ने र सरकारको नियमलाई पूर्ण रुपमा पालना गर्नु हो।’ अहिलेसम्म कुन व्यक्तिको सम्पर्कमा आउँदा संक्रमण भयो भन्ने एकिन नभएको उनको भनाइ छ।  

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.