महानगरीय प्रहरी वृत्त कीर्तिपुरको गाडी दुर्घटना, सात प्रहरी घाइते

६ वर्ष अगाडि प्रकाशित
6 years अगाडि

6 views

महानगरीय प्रहरी वृत्त कीर्तिपुरको गाडी दुर्घटनामा परेको छ। मंगलबार बिहान पौने १० बजे पाँगाबाट सुन्दरीघाटतर्फ जाँदै गरेको भ्यान कीर्तिपुर नगरपालिका-६ चोभारगेट नजिकै दुर्घटनामा परेको हो। वृत्तका प्रहरीका अनुसार बा १ झ ८०६४ नम्बरको भ्यानमा ११ जना सवार थिए। त्यसमध्ये सात जना घाइते भएको वृत्तले जनाएको छ। 'ड्युटीमा जान हिँडेका प्रहरीको गाडीको ब्रेक फेल भएर दुर्घटनामा परेको हो,'महानगरीय प्रहरी परिसरका एसपी सोमेन्द्रसिंह राठौरले भने,'सात जना घाइते भएका छन्।' उनीहरूको उपचारका लागि कीर्तिपुर अस्पतालमा पठाइएको छ। घाइते प्रहरीहरूको अवस्था सामान्य छ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.