चीनमा एकैदिन करिब ३४०० जनामा कोरोना, सांघाईमा विद्यालय बन्द


संक्रमितको संख्या ह्वात्तै बढेपछि सांघाईमा विद्यालयहरु बन्द गरिएको छ । साथै पूर्वोतर केही शहरहरुमा लकडाउन गरिएको छ । विश्वभर कोरोना संक्रमितहरुको संख्या ४४ करोड ६६ लाख भन्दा बढी छ । मृतकको संख्या ६० लाख आसपास छ । पछिल्लो एक महिनामा विश्वभर कोरोनाका ५ करोडभन्दा बढी संक्रमितहरु फेला परेका छन् भने दुई लाखभन्दा बढीले ज्यान गुमाएका छन् ।संक्रमित बढ्न थालेपछि फ्रान्सले ८० वर्षभन्दा बढी उमेरका नागरिकहरुलाई कोरोना भाइरसको चौथो मात्रा दिने तयारी सुरु गरेको छ । बुस्टर डोज लिएको तीन महिना पूरा भएकाहरुलाई चौथो मात्रा दिइने फ्रान्सका प्रधानमन्त्रीले बताएका छन् ।

फाल्गुन २९, २०७८ मा प्रकाशित

115 views

प्रतिक्रिया

मुख्य समाचार