९ चैत, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको काज सरुवा गरेको छ ।
नियमित सरुवा निकाल्नुपर्ने वेला शक्ति केन्द्रका रोजाइका व्यक्तिहरुलाई पठाउन प्रहरी प्रधान कार्यालयले काज सरुवा गरेको हो । विशेष परिस्थितिमा अधिकृतहरुलाई खटाउने गरी प्रहरी नियमावली, २०७१ ले काज सरुवाको व्यवस्था गरेको छ । तर, शक्तिकेन्द प्रहरी नियमावली, २०७१ को नियम ५२ ले काज सरुवाको व्यवस्था गरेको छ । नियमावलीको नियम ५२ (१०) मा सामान्यतया प्रहरी अधिकृतलाई काजमा नखटाइने उल्लेख गरिएको छ । तर पहुँचमार्फत पोष्टिङ लिनका लागि काज सरुवाको दुरुपयोग हुने गरेको छ ।
माघ १५, २०७९ मा प्रकाशित