पिच गर्न माग गर्दै हरिसिद्धीवासीले पनि बन्द गरे सडक

३ वर्ष अगाडि प्रकाशित
3 years अगाडि

20 views

११ चैत, काठमाडौं । सडक मर्मत गरी पिच गर्न माग गर्दै ललितपुरको हसिसिद्धीका बासिन्दाले पनि सवारी आवागमन अवरुद्ध पारेका छन् ।

काठमाडौंको थली र ललितपुरको सातदोबाटो–चापागाउँका बासिन्दाले सडक बन्द गर्दै आएकोमा आजबाट हरिसिद्धीका बासिन्दाले पनि सडक बन्द गराएका हुन् ।

हरिसिद्धीमा स्थानीयको अवरोधका कारण सवारी आवागमन प्रभावित भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सातदोबाटोबाट हरिसिद्धी हुँदै गोदावरी जाने सवारी साधनलाई क्यान्सर अस्पताल र सानागाउँ तर्फबाट आउने–जाने व्यवस्था मिलाइएको छ । यसैगरी गोदावरीबाट आउने सवारी साधनलाई ठैब, सानागाउँ, इमाडोल, ग्वार्को हुँदै आउने–जाने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

थलीको मिलनचोकमा स्थानीयले आज पनि सवारी आवागमन बन्द गराएका छन् । सडक पिच गर्न माग राख्दै स्थानीयले हिजो पनि सडक बन्द गराएका थिए ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.