दाङमा पानीमा डुबेर २ जनाले ज्यान गुमाएका छन

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

6 views

१२ चैत, दाङ । दाङमा पानीमा डुबेर २जनाले ज्यान गुमाएका छन । घोराही उपमहानगरपालिका-२ बलरामपुरका ५० वर्षीय जितबहादुर चौधरीको नुहाउने क्रममा तलाउमा डुबेर मृत्यु भएको थियो । बिहीबार साँझ भैसीलाई पानी खुवाउन गएका चौधरी तलाउ छेउमा नुहाउने क्रममा पानीमा डुबेर बेपत्ता भएका थिए । लगतै प्रहरी र स्थानीयले उनको खोजी गरे पनि फेला पार्न सकेका थिएनन् ।

जिल्ला प्रहरी कार्यालय दाङबाट गएको टोलीले खोजी गर्दा शुक्रबार बिहान तलाउको किनारमा चौधरीको शव फेला परेको प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले बताए ।

त्यस्तै राप्ती गाउँपालिका-१ माथिल्लो भालुबाङको राप्ती नदीमा नुहाउने क्रममा एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा अर्घाखाँची सितगंगा नगरपालिका-८ लापे बस्ने ३० वर्षीय शुक्रराज घर्तीमगर रहेका छन् । नदीमा नुहाउने क्रममा पानीमा डुबेर उनको मृत्यु भएको प्रहरी प्रवक्ता डीएसपी रिजालले बताए ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.