चुनढुंगा उत्खनन् सम्बन्धी भ्रष्टाचार मुद्दामा तीन कर्मचारी साधारण तारिखमा रिहा भएका छन

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

6 views

१६ चैत, काठमाडौं । विशेष अदालतका सदस्यहरु रमेशकुमार पोखरेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले सिमेन्ट उद्योग सञ्चालनका लागि भएको चुनढुंगा उत्खनन् सम्बन्धी भ्रष्टाचार मुद्दामा तीन कर्मचारीलाई विशेष अदालतले साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ ।

सरकारी वकिल चन्द्रकुमार पोखरेल, लेखा अधिकृत श्रीभद्र गौतम र भूगर्भविद सौनक भण्डारीलाई साधारण तारिखमा रिहा गरेको हो ।उनीहरुलाई नियमित तारिखमा उपस्थित हुने गरी धरौटी नमागी रिहा गरेको हो । विशेष अदालतले मारुती सिमेन्टसँग ५० लाख रुपैयाँ धरौटी माग गरेको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.